१४ आश्विन २०८३, बुधबार

ट्राफिक प्रहरीले चोरी भएका २० मोटरसाइकल र स्कुटर धनीलाई बुझायो

211

२०८२ असार ३० गते सोमबार, काठमाडौं।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। सोमबार कार्यालयमा आयोजित एक कार्यक्रममा १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर धनीहरूलाई बुझाइएको हो।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सवारीधनीहरूलाई उनीहरूका मोटरसाइकल र स्कुटर हस्तान्तरण गर्नुभयो। लामो समयअघि हराएका आफ्नो सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गरेका थिए।

ट्राफिक प्रहरीका अनुसार, सवारीधनीहरूले दिएको निवेदनका आधारमा खोजी गर्ने क्रममा ती सवारी साधनहरू उपत्यकाका नरेफाँट, चाबहिल, काँडाघारी, कालीमाटी, नयाँ बसपार्क लगायतका विभिन्न स्थानबाट फेला पारिएको हो। फेला पर्दा केही सवारी साधनमा नक्कली नम्बर प्लेट जडान गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.