१५ आश्विन २०८३, बिहीबार

नाम मात्रैको बैठक: एक मिनेटमै सकियो महानगरको कार्यपालिका, गतिरोध कायमै

247

२०८२ असार २७ गते शुक्रबार, काठमाडौं।

काठमाडौं महानगरपालिकामा मेयर र कार्यपालिका सदस्यहरूबीचको चिसो सम्बन्ध बिहीबार पुनः छताछुल्ल भएको छ। ६ महिनापछि बसेको महत्वपूर्ण कार्यपालिका बैठक केबल “एक मिनेट” चलेर सकिएपछि बजेटजस्तो अनिवार्य बाहेक अन्य विषयमा सहमति जुट्न नसकेको स्पष्ट भएको हो।

बैठकको एकमात्र उपलब्धि आगामी आइतबार १७ औं नगरसभा बोलाउने निर्णय रह्यो। मेयर बालेन्द्र शाहले बैठकमा सो प्रस्ताव राखे र पारित हुनासाथ बैठक अन्त्यको घोषणा गरे। यसले गर्दा विकास निर्माण, सेवा प्रवाह र नीतिगत छलफलका लागि तयार पारिएका अन्य २३ वटा एजेन्डा अलपत्र परेका छन्।

यो एक मिनेटको बैठकले आइतबार प्रस्तुत हुने २५ अर्ब ११ करोडको बजेटका लागि कानुनी प्रक्रिया त पूरा गरेको छ, तर यसले महानगरको नीतिगत र राजनीतिक गतिरोध कायमै रहेको शक्तिशाली सन्देश दिएको छ। अब आइतबार बस्ने नगरसभामा मेयर शाहले प्रस्तुत गर्ने बजेट र नीति कार्यक्रममा अन्य दलका सदस्यहरूको कस्तो प्रतिक्रिया आउँछ भन्ने विषयले थप चासो बढाएको छ।

Author

Leave A Reply

Your email address will not be published.