१५ आश्विन २०८३, बिहीबार

अर्घाखाँचीमा छोराद्वारा बाबुको हत्या, आरोपी पक्राउ

214

२०८२ असार २७ गते शुक्रबार, काठमाडौं।

अर्घाखाँचीमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको सन्धीखर्क नगरपालिका-१२, बाँसखर्कमा ४० वर्षीय छोराले ७२ वर्षीय बुबाको कुटपिट गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय झुपे नेपाली रहेका छन्। उनले आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीलाई बिहीबार साँझ कुटपिट गरेका थिए, जसका कारण बुबाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरी टोलीले आरोपी झुपेलाई घटनास्थलबाटै पक्राउ गरेको हो।

पक्राउ परेका झुपेलाई प्रहरी हिरासतमा राखी घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.