१५ आश्विन २०८३, बिहीबार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

209

२०८२ असार २० गते शुक्रबार, काठमाडौं।

राजधानीको मिलनचोकस्थित एक कोठामा जुवातास खेलिरहेका ९ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा घरधनी काभ्रेको चौरीदेउराली गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने ६३ वर्षीय अचुत न्यौपाने समेत रहेका छन्।

नयाँ बानेश्वरस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले बिहीबार साँझ अचुतको कोठामा छापा मार्दा उनीहरू जुवातास खेलिरहेको अवस्थामा भेटिएका थिए। प्रहरीले घटनास्थलबाट नगद ७६ हजार ४ सय ३० रुपैयाँ र ६ बुक तास बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

पीडितले दिएको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार राईलाई ललितपुर बाँडेगाउँबाट पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.