१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक युवक पक्राउ
२०८२ असार १८ गते बुधवार, काठमाडौं।
मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय २० वर्षीय पुजन सिङ्ताङ रहेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पीडित बालिकामाथि जबरजस्ती करणी गरिएको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले सिङ्ताङलाई पक्राउ गरेको हो।
हाल सिङ्ताङलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।