१४ आश्विन २०८३, बुधबार

मोरङमा फिल्मी शैलीमा लुटपाट: ‘प्रहरी हौं’ भन्दै ३ लाख ६४ हजार डाका गर्ने दुई जना पक्राउ

213

२०८२ असार १७ गते मंगलबार, काठमाडौं।

मोरङमा आफूलाई प्रहरी बताउँदै एक व्यक्तिलाई बन्धक बनाएर डाका गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका-८ का २४ वर्षीय समिर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारीलाई आइतबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उनीहरूले गत बुधबार बिहान विराटनगर-१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा यात्रा गरिरहेका एक पुरुषलाई रोकेका थिए। स्कुटरमा आएका तीन जनाको समूहले ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नुछ’ भन्दै ती पुरुषलाई जबरजस्ती आफ्नो स्कुटरको बीचमा राखेका थिए।
त्यसपछि पीडितलाई विराटनगर-१४ जतुवाको एकान्त स्थानमा लगेर डर, त्रास देखाई उनको साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटेर फरार भएका थिए।
पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घटनामा संलग्न हुसेन र अन्सारीलाई पक्राउ गर्न सफल भएको हो। प्रहरीका अनुसार घटनामा संलग्न तेस्रो व्यक्तिको खोजी कार्य जारी छ।
पक्राउ परेका दुवै जनालाई ‘शरीर बन्धक तथा डाँका’ कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.