१४ आश्विन २०८३, बुधबार

जबरजस्ती बलात्कार गरेको आरोपमा सप्तरीबाट दुई जना पक्राउ

191

२०८२ असार १३ गते शुक्रबार, काठमाडौं।

सप्तरी, सप्तरीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जिल्लाको बलान बिहुल गाउँपालिका-१, बलानपट्टि टोलका ५० वर्षीय चन्देश्वर सदा र ४५ वर्षीय रामदेव सदा रहेका छन्।
पीडित महिलाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय, कडरबोना र प्रहरी चौकी, धाँतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
आरोपित दुवै जनाले महिलालाई जबरजस्ती करणी गरेको भनी जाहेरी परेपछि प्रहरीले तत्कालै कारबाही अगाडि बढाएको थियो। पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.