१४ आश्विन २०८३, बुधबार

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुन :सर्‍ यो

198

२०८२ जेष्ठ २८ गते बुधबार, काठमाडौं।


सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको सुनवाइको फैसला आगामी असार १८ गतेलाई सरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा कुमार चुँडाल र डा नहकुल सुवेदीका इजलासमा पदाधिकारीविरुद्धको रिट निवेदनमाथि सुनुवाइको फैसला आज सुनाउने भनिएको थियो ।

सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारीविरुद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिनुभयो । सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जनापदाधिकारी नियुक्त गरेको थियो ।

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५ रिट निवेदन दर्ता भएको थियो । सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थिय

Author

Leave A Reply

Your email address will not be published.