१४ आश्विन २०८३, बुधबार

काठमाडौं महानगरका कर्मचारी रामबाबु महतोले अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानको निष्कर्ष

189

२०८२ जेष्ठ २६ गते सोमबार, काठमाडौं।


काठमाडौं महानगरपालिकाका कर्मचारी रामबाबु महतोले पदको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको एक छानबिनले देखाएको छ। अख्तियारमा परेको उजुरीका आधारमा भएको अनुसन्धानमा महतोले आफ्नो पदीय मर्यादाविपरीत भ्रष्टाचार गरेको ठहर भएको हो।

अनुसन्धानका क्रममा महतोले सार्वजनिक पद धारण गरेको मिति २०४६ सालदेखि २०७८ सालसम्मको ३२ वर्षे अवधिको आय र व्ययको विश्लेषण गरिएको थियो। उनको बैंक खाता, जग्गा खरिदबिक्री, छोराछोरीले पढेका महँगा निजी विद्यालयको शुल्क, बीमा तथा अन्य लगानी र उनको जीवनस्तर हेर्दा आयभन्दा खर्च र सम्पत्ति अस्वाभाविक रूपमा धेरै देखिएको थियो।

उक्त सम्पत्तिको वैध स्रोत पेश गर्न नसकेपछि महतोले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुर स्थापित भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थायी घर भई हाल काठमाडौंको चण्डोलमा बस्ने महतोमाथि विभिन्न प्रमाणका आधारमा यो निष्कर्ष निकालिएको हो।

Author

Leave A Reply

Your email address will not be published.