१४ आश्विन २०८३, बुधबार

सशस्त्र प्रहरीद्वारा काभ्रेमा विपद् स्वयंसेवक तालिम

181

२०८२ जेष्ठ २६ गते सोमबार, काठमाडौं।


काभ्रेपलाञ्चोक, पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नंबर गण हेडक्वाटरले काभ्रेमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सुचकसम्बन्धी अभ्यास अभियान सञ्चालन गरेको छ । गणले बनेपा नगरपालिकासँगको सहकार्यमा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै तीन दिने विपद् स्वयंसेवक आधारभूत तालिम सुरु गरेको छ ।

मङ्गलबारसम्म सञ्चालन गरिने तालिममा विपद् पूर्व तयारी, विपद्–उद्धार त्यसपश्चातका प्रतिकार्य राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको जनाइएको छ । नगरप्रमुख शान्तिरत्न शाक्यले हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने उल्लेख गर्दै विपद्पछिका अवस्था, विपद आउनुअघिको अवस्थाको सचेतना गराउँदै विपदले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताउनुभयो ।

गणले यही जेठ १२ गते पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त तालिम दिएर अभियानको सुरुआत गरेको थियो । गणका प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीन दिने तालिम प्रदान गर्दै जाने जानकारी दिनुभयो ।

Author

Leave A Reply

Your email address will not be published.