१४ आश्विन २०८३, बुधबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा १० नयाँ शाखा विस्तार, कुल शाखा संख्या ३०७ पुग्यो

207

२०८२ जेष्ठ २६ गते सोमबार, काठमाडौं।


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ।
बैंकका अनुसार धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा नयाँ शाखाहरू सञ्चालनमा आएका हुन्।

यो विस्तारसँगै बैंकको कुल शाखा संख्या ३०७ पुगेको छ। हाल बैंकले ७७ वटै जिल्लामा ३०७ शाखा, ३१२ वटा एटिएम र ७३ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.