१४ आश्विन २०८३, बुधबार

‘गणतन्त्रवादी जनहितमा दत्तचित्त भएर लाग्नुपर्ने’

183

२०८२ जेष्ठ २० गते मंगलबार, काठमाडौं।


भक्तपुर, २० जेठः गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने बताउनुभएको छ ।

भक्तपरको एतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा” उहाँले गणतन्त्रवादी आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको उल्लेख गर्दैै यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्र थप कमजोर बन्न गई तराई मधेसको जनजीवन अझै सङ्कटग्रस्त हुने बताउनुभयो । युवाहरुको विचार र सिर्जनशीलतालाई सम्मान गर्न आयोजित यस्ता कार्यक्रमले देशका युवालाई आफ्नै देशमा केही गर्छु भन्ने सन्देश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले होइन हमी नेपाली आफैले बनाउनुपर्ने बताउनुभयो । देश बनाउन सबै युवा जुट्नुपर्ने उहाँको भनाइ थियो । आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले युवासँग भएका ज्ञान, सीप तथा विशेषज्ञता देश र समाजका लागि प्रयोग गर्न प्रेरित गर्नुभर्ने औँल्याउनुभयो ।

हरेक नागरिकले आफ्नो ठाउँ आफैँ बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा यादवले पुरस्कार प्रदान गर्नुभयो ।

Author

Leave A Reply

Your email address will not be published.