बर्षापछि नमोबुद्ध नगरपालिकाको भकुण्डेबेंसी फाँट : तस्बिरहरु
२०८२ जेष्ठ १६ गते शुक्रबार ।
बिनोद पौडेल – काभ्रेपलाञ्चोक ।
बर्षा पछि काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध नगरपालिकाको भकुण्डेबेंसी फाँट झनै मनमोहक देखिन्छ। ताजा पानीले सिंचित यो फाँट अहिले हरियालीले ढाकिएको छ, हरिया घाँस र स्वच्छ वातावरणले प्राकृतिक सौन्दर्यमा अझ निखार ल्याएको छ। पूर्वका जिल्लाहरु जोडिने राजमार्ग बिपी राजमार्ग बनेसंगै भकुण्डेबेंसीमा चहलफहल बड्दै गएको हो।

भकुण्डेबेंसी कटेपछि आउने दाप्चे खोला र रोशिखोलामा बग्ने पानीको चुलबुलाहट, आकाशमा तैरिरहेका सेता बादल र फाँटको हरियालीले मिलेर एक अद्वितीय दृश्य सिर्जना गरेको छ । ग्रामीण जीवनशैली, कृषिप्रधान संस्कृति र मौलिक वातावरणले यो क्षेत्रलाई वर्षा पछिको आकर्षक रुपमा भकुण्डेबेंसीलाई देख्न सकिन्छ।
