६ बैशाख २०८३, आईतवार

आज पनि हेर्दाहेर्दैमा लामिछानेको रिट

127

२०८२ जेष्ठ ०८ गते बिहिबार, काठमाण्डौ।


रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।

लामिछाने र छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको थियो भने सरकारी वकिलको बहस पनि सकिएको छ । अब जाहेरवालाको तर्फबाट बहस बाँकी छ ।त्यस लगत्तै जवाफी बहसपछि यो रिटमा आदेश आउनेछ ।

Author

Leave A Reply

Your email address will not be published.