अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिए बधाइ
काठमाण्डौ
राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्।
ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेकोमा ट्विटरमार्फत राष्ट्रपति पौडेलले बधाइ दिएका हुन्। साथै उनले ट्रम्पको सफल कार्यकालको कामना पनि गरेका छन् ।
ट्रम्पको दोस्रो कार्यकालमा नेपाल-अमेरिकाबीचको सम्बन्ध अझ बलियो हुने विश्वास पनि पौडेलले लिएका छन्।डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।
डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेको यो दोस्रो कार्यकाल हो । यसअघि उनि सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएका थिए ।
वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाएका थिए ।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपती निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् ।