नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रति तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुनको मूल्यमा १३ सय रुपैयाले बढेको हो।