४ बैशाख २०८३, शुक्रबार

बधाई दिन नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफैँ कीर्तिपुर पुगेका छन्।

127

काठमाडौँ- कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर तथा वडाध्यक्षहरुलाई बधाई दिन बुधबार नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफैँ कीर्तिपुर पुगेका छन्।

कीर्तिपुर नगरपालिकामा गत आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका कृष्णमान डंगोल मेयर पदमा विजयी भएका थिए।

त्यस्तै, कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका थिए। उता कीर्तिपुरकै वडा नम्बर ४ मा भएको निर्वाचनमा पनि कांग्रेसकै राजेन्द्र बानियाँ विजयी भएका हुन्।

विजयी भएका मेयर तथा वडाध्यक्षहरुलाई बधाई दिने कार्यक्रममा कांग्रेस सभापति देउवा आफैँ पुगेका  छन्।

 

Author

Leave A Reply

Your email address will not be published.