४ बैशाख २०८३, शुक्रबार

संविधानको सुनिश्चित गर्ने सङ्कल्प जरूरीः देउवा

115

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन्।

संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा वि.सं. २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए।

‘यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ। संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएका छौँ’, सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन्।

Author

Leave A Reply

Your email address will not be published.