४ बैशाख २०८३, शुक्रबार

रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ।

122

सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो।

उक्त समितिलाई तीन महिना कार्यावधि दिइएकोमा प्रतिनिधि सभाले थप १५ दिनको समय पनि दिएको थियो।रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ। समितिले सोमबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ।

सात सदस्यीय संसदीय छानबिन समितिको सभापति नेकपा (एमाले) का सांसद सूर्य थापा छन्। समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन्।

समितिका एक जना सदस्यले दिएको जानकारीअनुसार आइतबार दिउँसो प्रतिनिधि सभामा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने तयारी छ।

प्रतिवेदनमा सहकारी बचत रकम अपचलनमा रास्वपा सभापतिसमेत रहेका लामिछाने दोषी देखिएको र कारबाही सिफारिस गर्ने कुरा लेखिएको ती सदस्यले जानकारी दिए।

‘रवि लामिछानेको पदीय दायित्वअनुसारको जिम्मेवारीले पनि सहकारीको पैसा आएको कुरा मलाई थाहा छैन भन्न मिल्ने अवस्था देखिँदैन भन्ने निष्कर्षमा समिति पुगेको छ, यही कुरा प्रतिवेदनमा समावेश गरिएको छ,’ ती सदस्यले भने।

Author

Leave A Reply

Your email address will not be published.