१ कार्तिक २०८२, शनिबार

हर्क साम्पाङलाई भेटेर रविले भने – जनताको एकदम अपेक्षा छ तपाईसंग, राम्रो गर्नुहोला

822

धरान, असार ३१।धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्। शुक्रबार मेयर साम्पाङसँग उनकै कार्यकक्षमा पुगेर लामिछानेले भेटवार्ता गरेका हुन्।

भेटमा लामिछानेले धरानमा जितको शुभकामना भेटेरै दिन आफू आएको बताएका थिए। आफूलाई श्रमदानमा सहभागी हुन मन भएको भए सकिएको उनले त्यसक्रममा बताएका थिए।

‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ’ भेटमा लामिछाने भनेका थिए।

साम्पाङ हरेक शुक्रबार दौरा सुरुवाल र टोपी लगाएर कार्यालय जाने गरेका छन्। उनीसँगको भेटमा लामिछाने  भादगाउँले टोपी, आस्कोटसहितको पहिरनमा देखिएका छन्।

Author

Leave A Reply

Your email address will not be published.