१४ श्रावण २०८३, बिहीबार

पुर्वमन्त्री सहितको टोली सवार गाडी भिमानमा दुर्घटना

245

२४,असार। एमाले सम्वद्द लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश न.१को विस्तारित बैठकमा सहभागिता जनाउन धनकुटाको भेडेटार आउने क्रममा पुर्व मन्त्री मा.कृपासुर शेर्पा सवार गाडी दुर्घटना भएको छ । यससंगै असार २५ गते शनिबार धनकुटाको भेडेटारमा हुने भनिएको बैठक रोकिएको छ। पुर्ब मन्त्री शेर्पा संगै मा.गोकुल घर्ती, मा.पेम्बा गुरुङ भोटे र देबराज राई सहितको टोली सवार गाडी सिन्धुलीको भिमानमा दुर्घटना भएको हो।
नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य दोर्पध्वज कुलुङ राईका अनुसार दुर्घटनामा घाईते सबैको प्राथमिक उपचार पछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भैरहेको छ। घाइतेहरु सबै खतरा मुक्त रहेको उनले बाए। शनिबार हुने भनिएको विस्तारित बैठक अर्को सूचना जारी नभए सम्मको लागि स्थगित भएको छ ।

Author

Leave A Reply

Your email address will not be published.