१४ श्रावण २०८३, बिहीबार

सुन -चाँदीको भाउ घट्यो , कतिमा हुँदैछ कारोबार?

234

असार ८/ बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो।

मंगलबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.