१४ श्रावण २०८३, बिहीबार

पथरीशनिश्चरेमको मेयर र उपमेयरमा एमाले विजयी

281

पथरी -शनिश्चरे /मोरङको पथरी-शनिश्चरे नगरपालिकामा नेकपा एमालेले आफ्नो विरासत जोगाएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा पनि मेयर-उपमेयर दुबै जितेको एमालेले यसपालि पनि दुबै पदमा विजयी भएको छ।

निर्वाचन आयोगका अनुसार मेयर पदमा नेकपा एमालेका मोहन प्रसाद तुम्बापो १२९५६ मत ल्याएर निर्वाचित भए। उनले नेपाली कांग्रेसका नगेन्द्रबहादुर सुब्बालाई १८१० मतले हराएका हुन्।

तुम्बापोले १२ हजार ९ सय ५६ मत ल्याउँदा सुब्बाले ११ हजार १ सय ४६ मत ल्याए।

यस्तै उपमेयर पनि नेकपा एमालेकै देवीमाया काफ्ले निर्वाचित भइन्। काफ्लेले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कविता पराजुलीलाई ३५७ मतले हराइन्।काफ्लेले ११७४७ मत ल्याउँदा पराजुलीले ११३९० मत ल्याइन्।

 

Author

Leave A Reply

Your email address will not be published.