परराष्ट्रमन्त्री खनालसँग अष्ट्रेलियाली राजदूतको भेट
काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटमा मन्त्री खनालले बाढीपछि अष्ट्रेलियाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको पुनर्निर्माण र पुनःस्थापनामा निरन्तर सहकार्यको अपेक्षा गर्नुभयो। राजदूत अर्न्स्टले विपद् प्रतिकार्य तथा पुनःस्थापनामा अष्ट्रेलियाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै नेपाल–अष्ट्रेलिया सम्बन्ध थप सुदृढ बनाउने बताउनुभयो।