काठमाडौं — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीबाट करिब ६ सय ग्राम अवैध गाँजासहित २६ वर्षीय रोजन सुनार पक्राउ परेका छन्।
प्रहरी बिट मुलपानीबाट खटिएको टोलीले बुधबार दिउँसो गाँजासहित सुनारलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।