१६ आश्विन २०८३, शुक्रबार

जापान पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी गर्ने पक्राउ

7

काठमाडौं — जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड १ लाख रुपैयाँ ठगी गरेको आरोपमा ललितपुर महालक्ष्मी–५ का २६ वर्षीय दिपबहादुर तामाङ पक्राउ परेका छन्।

NEEM Education Consultancy Pvt. Ltd. का सञ्चालक तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सोमबार पक्राउ गरेको हो। पीडितहरूबाट रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.