१६ आश्विन २०८३, शुक्रबार

विकास निर्माणका समस्या समाधान गर्न कानून संशोधन गरिने

7

काठमाडौं । सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्दै निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माण गर्न आवश्यक कानून संशोधन गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार सिंहदरबारमा प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कानून संशोधनको काम अघि बढिरहेको जानकारी दिनुभयो।

मन्त्री लम्सालले उद्योगको उत्पादन लागत घटाउन कच्चा पदार्थ ढुवानी सहज बनाउने तथा सम्भव भएसम्म कच्चा पदार्थ उत्पादन हुने स्थान नजिकै उद्योग स्थापना गर्ने गरी योजना बनाइरहेको बताउनुभयो।

छलफलमा सांसदहरूले पूर्वाधार निर्माणमा २४ घण्टा काम गर्ने व्यवस्था, सार्वजनिक यातायातमा निजी लगानी, स्मार्ट ट्रान्सपोर्टेसन, कफी उत्पादन तथा निर्यात, जलवायु परिवर्तनसम्बन्धी कानून र दक्ष प्राविधिक जनशक्ति विदेशिनबाट रोक्न सेवा–सुविधा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका थिए।

Author

Leave A Reply

Your email address will not be published.