प्रहरी हुँ भन्दै रकम असुल्ने दुई जना पक्राउ
काठमाडौंको थानकोटस्थित स्वास्थ्य क्लिनिकमा प्रहरी हुँ भन्दै डर, त्रास र धम्की दिई रकम असुल गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रागिरी–२ बसुन्डोलका ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन्। उनीहरूले सादा पोसाकमा खटिएका प्रहरी भन्दै औषधी पसलको काउन्टरबाट नगद लिएर भागेको प्रहरीले जनाएको छ।
उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।