८ आश्विन २०८३, बिहीबार

भोटेकोशी बाढीमा १ हजार ४५२ जनाको मृत्यु

9

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बुधबार बिहान ११ बजेसम्म १ हजार ४५२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा १ हजार ४५० शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो।

हालसम्म १ हजार ३३३ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतक र आफन्तसहित ३ हजार ३४५ वटा डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। अझै ४ हजार ७१८ जना बेपत्ता रहेको र १ हजार २४२ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

Author

Leave A Reply

Your email address will not be published.