३१ भाद्र २०८३, बुधबार

बानेश्वरबाट सुनका गरगहनासहित चोरीमा संलग्न एक जना पक्राउ

21
काठमाडौंको बानेश्वरस्थित एक घरबाट सुनका गरगहना चोरी गरेको अभियोगमा रामेछाप घर भई हाल बानेश्वर बस्ने २३ वर्षीय दिपेश मग्रान्तीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ परेका मग्रान्तीको साथबाट करिब १३८ ग्राम ६१० मिलिग्राम तौल बराबरका सुनका विभिन्न गरगहना बरामद गरेको छ। सोमबार बिहान भएको चोरीको घटनामा संलग्न उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.