३१ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढी: १,४०३ जनाको मृत्यु, १,२३५ शव व्यवस्थापन र ४,०८९ जना अझै बेपत्ता

8
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ११:०० बजेसम्म कुल १,४०३ जनाको मृत्यु भएको छ। जसमध्ये विभिन्न जिल्लाहरूबाट १,४०१ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।
जिल्लागत रूपमा चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको छ।
मृतकहरूको पहिचानका लागि ३,१९० वटा डिएनए नमुना (मृतकका १,२८६ र आफन्तका १,९०४) सङ्कलन गरी हालसम्म १,२३५ वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पहिचान नभएका १,३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजीका लागि ७,९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४,०८९ जनाको खोजी कार्य जारी छ भने विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा २,०८४ जनालाई आश्रय दिइएको छ।

Author

Leave A Reply

Your email address will not be published.