काठमाडौँ, १८ भदौ ।
प्रधानमन्त्रीले आज मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। आज भदौ १८ गते बिहीबार अपरान्ह ३:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय र सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ। बैठकका लागि सबै मन्त्रीहरूलाई सिंहदरबार उपस्थित हुन जानकारी गराइसकिएको छ।