संविधान संशोधन बहसपत्र अन्तिम चरणमा: प्रतिवेदन बुझाउने बेला विपक्षी दलहरू कार्यदलबाट बाहिरिए
काठमाडौँ, २३ असार ।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुर्याएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले दोस्रो पटक थपिएको म्यादभित्रै प्रतिवेदन पेस गर्ने तयारी गरेको हो।
तर, ८३ दिनसम्म निरन्तर सहभागी भएका विपक्षी दलहरू नेकपा, जसपा र लोसपाले अन्तिम समयमा आएर कार्यदल छाडेको पत्र बुझाएका छन्। उहाँहरूले प्रक्रिया नै खारेज गर्नुपर्ने र सर्वदलीय बैठकमार्फत राष्ट्रिय सहमति खोज्नुपर्ने माग गर्नुभएको छ। कार्यदलका संयोजक शाहले भने सरकारको लोकप्रियता बढ्ने डरले विपक्षीहरू अन्तिम समयमा आएर गैरजिम्मेवार बनेको बताउनुभयो। विपक्षीले छाडे पनि ४४ हजारभन्दा बढी नागरिकको सुझाव समेटिएको प्रतिवेदन निर्धारित समयमै मन्त्रिपरिषद्मा पेस गरिने कार्यदलले जनाएको छ।