१ आश्विन २०८३, बिहीबार

मोरङमा खुकुरी प्रहार गरी भाउजुको हत्या, देवर पक्राउ

63

मोरङको ग्रामथान गाउँपालिका-६ झोवाबनिमा खुकुरी प्रहार गरी आफ्नै भाउजुको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। २० वर्षीया सिमा राजवंशीको हत्या गरेको आरोपमा २१ वर्षीय सौचन खवासलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सौचनले धारिलो हतियार खुकुरी प्रहार गर्दा सिमाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैँचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो।

सौचनको आक्रमणबाट अर्का एक जना समेत घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि विराटनगरस्थित बिराट टिचिङ अस्पताल पठाइएको छ। घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.