३० जेष्ठ २०८३, शनिबार

टोखाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

12

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-१० टोकियो बजारबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान घर भई हाल टोखा बस्ने ३८ वर्षीय युगसाङ राई रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग गोंगबुको टोलीले आइतबार दिउँसो राईको कोठा खानतलासी गर्दा २० ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो । उनको साथबाट १ थान डिजिटल तराजु, नगद १ लाख १५ हजार नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.