२१ जेष्ठ २०८३, बिहीबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

13

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे मण्डनदेउपुर नगरपालिका-४ छेडा बस्ने सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दिपेन्द्र भुजेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

२०८२ वैशाख ३० गते काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित नयाँपाटीमा बलिन्द्र प्रकाश राईलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रही केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काभ्रे मन्डनदेउपुर नगरपालिका-४ छेडाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।

Author

Leave A Reply

Your email address will not be published.