काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषधसहित ३८ वर्षीय फुर्पा लामा पक्राउ परेका छन्। प्रहरी चौकी जोरपाटीबाट खटिएको टोलीले उनलाई गए राति पक्राउ गरेको हो।
उनको साथबाट नोर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका लामामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।