६ बैशाख २०८३, आईतवार

पोखरामा ३ लाखभन्दा बढी नगदसहित ९ जुवाडे पक्राउ

29

कास्की । पोखरा महानगरपालिका-२६ बरालडाँडास्थित एक डेरा कोठामा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। ४० वर्षीया उषा रानाको कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले जुवाको खालबाट नगद ३ लाख १९ हजार ४ सय ३७ रूपैयाँ र ४ बुक तास बरामद गरेको छ। पक्राउ पर्नेहरूमा कोठा धनी उषालगायत ९ जना रहेका छन्।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.