३ आश्विन २०८३, शनिबार

फागुन २१ गते निर्वाचन: यी सवारीसाधनलाई ‘पास’ नचाहिने

175

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनका लागि सवारी अनुमति (पास) नचाहिने व्यवस्था गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन यस्तो निर्णय गरेको हो ।

पास नचाहिने सवारीसाधनहरू:
१. दमकल, एम्बुलेन्स र शववाहन ।
२. खानेपानीको ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन ।
३. दूरसञ्चार, विद्युत् र फोहोर मैला व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन ।
४. चिकित्सक तथा स्वास्थ्यकर्मीको आवागमनमा प्रयोग हुने अस्पतालका सवारीसाधन ।
५. राहदानी र टिकटका आधारमा विमानस्थल जाने-आउने अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रु बोकेका सवारीसाधन ।
६. हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, बालबालिका, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक बोकेका सवारीसाधन ।
७. कूटनीतिक नियोगका (निलो प्लेट) सवारीसाधन ।
८. आयोगबाट अनुमति पाएका पर्यवेक्षक, राष्ट्रिय मानव अधिकार आयोग र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन ।

साथै, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुनुपर्ने अन्य सवारी पासका लागि निर्वाचन आयोगको परिसरमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको एकीकृत डेस्क स्थापना गरिएको आयोगले जनाएको छ । निर्वाचनका दिन अन्य असम्बन्धित यात्रु बोक्ने सवारीसाधनलाई भने अनुमति दिइने छैन ।

Author

Leave A Reply

Your email address will not be published.