३ आश्विन २०८३, शनिबार

त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

179

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २ सय ७० ग्राम गाँजा जस्तो देखिने अवैध लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रबार बिहान पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनेद र ४४ वर्षीया अफसाना आमिर हुसेन शेख रहेका छन् । विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई चेकजाँचका क्रममा उक्त परिमाणको लागूऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.