३ आश्विन २०८३, शनिबार

हंगेरी पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

173

काठमाडौं ।
वैदेशिक रोजगारीका लागि हंगेरी पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ बस्ने ५६ वर्षीय महेश तामाङ रहेका छन्।

तामाङले हंगेरीमा आकर्षक तलब हुने भन्दै एक पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई शुक्रबार काठमाडौं महानगरपालिका–१२ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.