प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुँदै
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन्। सहकारी ठगी प्रकरणमा हिरासतबाट रिहा भएपछि प्रधानमन्त्री कार्की र लामिछानेबीच यो पहिलो भेट हुन लागेको हो।
भेटका लागि लामिछाने आज साँझ साढे ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने कार्यक्रम तय भएको छ।
आजै पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सभापति लामिछानेले वर्तमान सरकारलाई रास्वपाको साथ रहने स्पष्ट पारेका थिए। आजको भेटमा समसामयिक राजनीतिक अवस्था र सरकारलाई रास्वपाको समर्थनबारे छलफल हुने बताइएको छ।