७ आश्विन २०८३, बुधबार

बझाङको साइपाल केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

210

काठमाडौँ । बझाङ जिल्लामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको साइपाललाई केन्द्रबिन्दु बनाएर आइतबार मध्याह्न १२ बजेर ९ मिनेटमा भूकम्प गएको हो। केन्द्रले उक्त भूकम्प ४.४ म्याग्निच्युडको रहेको जनाएको छ।

भूकम्पको धक्का बझाङ तथा त्यसका आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन।

Author

Leave A Reply

Your email address will not be published.