सिंहदरबार पस्न नपाएपछि ‘जेनजी’ समूहले गेटमै टाँस्यो मागपत्र
काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार प्रवेश अनुमति नपाएपछि ‘जेनजी’ समूहले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेको छ ।
मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जनाको समूहले संविधान खारेजी, दल तथा नेताहरूको सम्पत्ति रोक्का र छानबिनको माग गर्दै ज्ञापन पत्र बुझाउन खोजेको थियो । तर, प्रधानमन्त्री र गृहमन्त्रीको फोन अफ रहेको र भेट्न नपाएको भन्दै उनीहरूले गेटमै मागपत्र टाँसेका हुन् ।
अभियन्ता सुशील बुढाथोकीले प्रधानमन्त्रीले युवाहरूको आवाज सुन्न नचाहेको आरोप लगाउँदै सरकारको यस्तो व्यवहारले आन्दोलन थप उग्र बन्न सक्ने चेतावनी दिएका छन् ।