७ आश्विन २०८३, बुधबार

काभ्रेको रिसोर्टमा प्रहरीको छापा : ३ लाख नगदसहित ६ जना जुवाडे पक्राउ

189

२०८२ मङ्सिर ८ गते सोमबार, काठमाडौं।

काभ्रेको पनौती नगरपालिका–९ भण्डारी गाउँस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
आइतबार राति जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पनौती नगरपालिका–७ बस्ने ३५ वर्षीय रिजन सैजुसहित ६ जना रहेका छन् । प्रहरीले जुवाखालबाट नगद ३ लाख ६ हजार ४ सय ५५ रूपैयाँ, १६ थान कौडा र १ बुक तास समेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.