नाबालिकाको चरित्र हत्या आरोपमा एक जना सिरहाबाट पक्राउ
काठमाडौं: सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा सिरहा कल्याणपुर नगरपालिका-११ का २२ वर्षीय जिवन कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
साहले म्यासेन्जरमा कुराकानीका क्रममा पीडितलाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई त्यसको स्क्रिनसट लिएका थिए। पछि ती अश्लील तस्बिर/भिडियो फेक फेसबुक अकाउन्ट बनाएर अपलोड गरी पीडितलाई दुःख दिएको र चरित्र हत्या गरेको उजुरीका आधारमा साइबर ब्युरोले उनलाई सिरहाबाट पक्राउ गरेको हो।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।