६ आश्विन २०८३, मंगलवार

युके पठाइदिने प्रलोभनमा ४२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

259

काठमाडौं: वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाएर युके पठाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा धनुषाका ३१ वर्षीय राहुल पुन्ज पक्राउ परेका छन्।

भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने उनलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बाट नियन्त्रणमा लिएको हो।

एक पीडितबाट ४२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पुन्जलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.