६ आश्विन २०८३, मंगलवार

ढल्कुबाट पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जना पक्राउ

243

२०८२ कार्तिक १३ गते बिहिबार, काठमाडौं।

काठमाडौं महानगरपालिका-१८ ढल्कुबाट पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ नयाँबजार बस्ने नुवाकोट लिखु गाउँपालिका-६ का २३ वर्षीय समिर श्रेष्ठ र सोही महानगरपालिका-१६ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१० खोपासीका २३ वर्षीय एलेक्स नेपाली रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई एक थान पेस्तोल, एक थान म्याग्जिन र १२ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.