८ आश्विन २०८३, बिहीबार

सरकार, राजनीतिक दल र जेनजी अगुवाबीच आज बैठक

183

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज सरकार, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि र जेनजी (जेनेरेसन Z) अगुवाहरूसँग त्रिपक्षीय बैठक गर्दैछिन्। बैठक बालुवाटारमा दिउँसो ४ बजेका लागि डाकिएको छ।

यो बैठकमा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र परिवर्तनलाई संस्थागत गर्ने विषयमा छलफल हुने बताइएको छ। जेनजीका ८-९ वटा समूहका अगुवाहरूलाई निम्तो गरिएको छ भने राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।

बैठकले युवा पुस्ताको प्रतिनिधित्व र राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दाहरूमा साझा धारणा बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.