काठमाडौं । सुनको मूल्य सोमबार प्रतितोला २ हजार रुपैयाँले घट्दै २ लाख ३९ हजार ९ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।
तिहारपछि सुनको भाउ १३ हजार ६ सय रुपैयाँले घटिसकेको छ। अमेरिका र चीनबीच व्यापार सम्झौतामा प्रगति भएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।